पीएसजीको डोमिनेन्ट, विश्वकपको टिकट र ‘फिफा शान्ति पुरस्कार’ ले तरंगित विश्व फूटबल

विश्व फूटबल समुदायले सन् २०२५ मा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा रमाउने अवसर पाएन । यो वर्ष विश्व फूटबल महासंघ (फिफा) को क्यालेन्डरमा सिनियर स्तरको कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता परेको थिएन । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको स्वाद लिन नपाए पनि फूटबल पारखीले वर्षको अन्त्यतिर फूटबल र विश्व राजनीतिलाई जोडेर विभिन्न तर्क–वितर्क गर्ने अवसर भने पाए । सिंगो विश्व सन् २०२५ लाई बिदाइ र सन् २०२६ लाई स्वागत गर्ने तयारीमा व्यस्त रहँदा फूटबल पारखीले सम्भवत: यूईएफए च्याम्पियन्स लिगलाई नै सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिन ...