नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेता केसीलाई आफ्नो चाहनाविपरीत समानुपातिक सूचीमा राखिएको उनले स्पष्ट पारेका छन् । 'नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरीत हो । मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो,' उनले लेखे...