रौतहटमा ग्यास बोकेको बुलेट ट्याङ्कर पल्टिएपछि ११ घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा ग्यास बोकेको बुलेट ट्याङ्कर सडकमै पल्टिएपछि अवरुद्ध राजमार्ग अझै खुलेको छैन । ट्याङ्करमा ग्यास भरिएकाले उठाउन कठिन हुनुका साथै ग्यास चुहिएको आशङ्का भएपछि पन्छाउन नसक्दा ११ घण्टादेखि सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिनुभयो । बुलेटबाट ग्यास चुहिएको आशङ्कामा विज्ञहरूले परीक्षण गर्नुका साथै ६ वटा क्रेन प्रयोग गरेर हटाउने प्रयास भए पनि सम्भव भइरहेको छैन । भारतबाट...