हार्न सक्छौं तर चुनावबाट भाग्दैनौं- शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरू चुनावबाट नभाग्ने बताएका छन् । तर, चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने उनले बताए । सरकारले चुनावको वातावरण बनाउँदा लोकतन्त्रवादी कुनै पनि पार्टी यसबाट नभाग्ने कोइरालाले बताए । तर, अहिले तोकिएकै मितिमा चुनाव हुने अवस्था छ कि छैन भन्ने प्रश्न मुख्य रहेको उनको भनाइ छ । ‘सबै राजनीतिक दलले समानुपातिकको सूची पठायौं । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहिँ अहम् प्रश्न छ । हामी भाग्दैनौं निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, ह...