जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियो जीपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा मंगलबार दिउँसो स्करपियो जीपको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए । नम्बर नखुलेको उक्त जीपले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सूचना अधिकारी गुरुङले बताए । जीपको खोजी जारी रहेको उनको भनाइ छ ।