नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा के लडौं भन्दै सल्लाह माग्न आउनेलाई आफू सुझाव दिन तयार भएको बताएका छन्। मंगलबार बिहान आफ्नै अस्थायी निवास धुम्बाराहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विधानले आफूलाई पुनः सभापति बन्न नदिएको भन्दै आफू सबैका लागि सल्लाहकार भएर बस्न तयार रहेको बताए । तर कसैलाई अधिवेशन लड्ने/नलड्ने निर्देशन दिन आफूले नमिल्ने उनको भनाइ छ । देउवाले आफूले अहिलेसम्म टिमको नेता को भनेर प्रष्ट नपारेको समेत दाबी गरे। ‘कार्यवाहक पूर्णबहादुर छन् । उनले लड्छु भन्यो भने नलड भ...