नवलपुरमा आइतबार साँझदेखि जारी शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। भित्री मधेसमा पर्ने यस जिल्लामा चार दिनदेखि घाम नलाग्दा चिसो बढ्दै गएको छ भने आइतबार साँझपछि बाक्लो हुस्सुसहित शीतलहर चलेपछि अत्यधिक चिसो महसुस हुन थालेको छ। चिसो बढेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर ननिस्कँदा स्थानीय बजारसमेत सुनसान बनेका छन्। शीतलहर पानी परेको जस्तै गरी निरन्तर परिरहेकाले रातिको चिसो झनै बढेको स्थानीयको भनाइ छ। चिसोबाट बच्न मानिसहरू चोकचोकमा आगो बालेर ताप्न थालेका छन्। तर दाउरा तथा आगो ताप्ने व्यवस्थामा राज्य र स्थ...