आशिकाको आक्रोश- समानुपातिकको नाममा पहुँचको राजनीति, कर्णाली र सुदूरपश्चिम फेरि उपेक्षित

१५ पुस, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले समानुपातिक प्रतिनिधित्वको प्रक्रियामा गम्भीर असमानता र पक्षपात भएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्‍जालमा लेख्दै नयाँ समानुपातिक प्रणालीमा पनि पारदर्शिता र निष्पक्षताको कमी रहेको आरोप लगाएकी हुन्। आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइरहेका बेला उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । […]