नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। विगत तीन दिनदेखि परेको भारी शीतलहरका कारण सडक सतह अत्यन्त चिप्लो बनेपछि साना तथा ठूला सवारी साधन चिप्लिने, अड्किने र बिग्रने समस्या देखिएको आयोजनाले जनाएको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालयले जारी गरेको सूचनाअनुसार दाउन्ने खण्डमा हाल कल्भर्ट निर्माण भइरहेको छ। निर्माण कार्यका कारण केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको अवस्थामा शीतलहरले थप समस्या सिर्जना गरेको हो। यसले सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्र...