एमाले नेता वासुदेव घिमिरेलाई रास्वपाबाट चुनाव लड्न प्रस्ताव

नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न प्रस्ताव आएको छ। रुपन्देही–२ बाट उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसप्रति आफू सकारात्मक रहेको घिमिरेले बताए । रास्वपाका तर्फबाट ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, हाम्रो टिममा आउनुहोस् र सँगै अघि बढौँ’ भन्ने सन्देशसहित प्रस्ताव आएको उनको भनाइ छ। उनले आफू हालसम्म एमालेको संगठित सदस्य नै रहेको उल्लेख गर्दै पार्टी परिवर्तनबारे अन्तिम निर्णय भने भइनसकेको स्पष्ट पारे। उनले...