कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजना अधुरो रहने गरी बजेट छुट्याउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश योजना आयोगद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतमा एकवर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै अब त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए। स्रोत सुनिश्चित भइसकेका तथा बहुवर्षीय आयोजनाबाहेकका योजनामा विनियोजन गरिएको...