नेकपा एमालेका नेता तथा पूर्व सांसद वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। घिमिरेले आम जनताको चाहना अहिले सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण पनि भएको उल्लेख गरेका छन्। देशको आवश्यकता, इतिहासको गति र नागरिकको अपेक्षालाई सम्बोधन गर्नु वर्तमानको मुख्य कार्यभार भएको उनको भनाइ छ। उनले देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूक...