काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ गोलले पराजित गरेको छ । जीतसँगै आर्सनल ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । गएराति भएको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको छ । बराबरीपछि चेल्सी ३० अंकका साथ पाँचौँ स्थानमा छ भने २३ अंकसहित बर्नमाउथ १५औँ स्थानमा छ । एभर्टनले नटिङघम फरेस्टलाई २–० गोलले पराजित गरेको छ । यस जीतसँगै एभर्टन २८ अंकका साथ आठौँ स्थानमा छ । वेस्टहाम युनाइटेड र ब्राइटनबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको...