चीनले भोलिदेखि नयाँ कर नीति लागु गर्दै

चीनले भोलि अर्थात् जनवरी १ देखि ९ सय ३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्रको भन्दा पनि कम हुनेछ । यसको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने रहेको सिन्ह्वाले जनाएको छ । चीनले केही महत्त्वपूर्ण वस्तु र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्ने जनाएको छ । त्यस्तै, केही प्राकृतिक स्रो...