शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा समस्या देखिएको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरका कारण निर्माणाधीन सडकमा समस्या देखिएको हो । सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको प्रहरीले जनाएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । मौसाममा...