सरकारले कर्मचारीको सरुवाको बेथिति सधैँका लागि अन्त्य गर्न सफ्टवेयरको माध्यमबाट सरुवाको व्यवस्थापन गर्ने तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ भनसुुन गर्नुुपर्ने, पहुँच हुने कर्मचारी सुगम कार्यालयमै र पहुुँचविहीन दुुर्गम क्षेत्रका कार्यालयमा नै बस्नुुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले कर्मचारी सरुवा सफ्टवयेरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणालीको व्यवस्थापन गर्न लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सरुवा सफ्टवेयर निर्माण गरे पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । अहिले मन्त्रालयले पहिला बनेकै सफ्टव...