समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ: तोसिमा कार्की

 राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न उठाउँदै यसले भौगोलिक विकटता, पहुँच र पावरबाट वञ्चित तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्। फेसबुक स्टाटसमार्फत कार्कीले समानुपातिक सूचीले विपन्न, कर्णाली, सुदूरपश्चिम र गाउँको आवाज बोल्नुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्वका आफन्त र ‘भाइटल पोसिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा अग्रपंक्तिमा देखिनु गलत प्रवृत्ति भएको टिप्पणी गरेकी छन्। यसले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रश्न खडा गरेको उन...