पाँच दशक अघिको कुरा हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारत प्रवासमा थिए । ती दिन दक्षिण एशियाली राजनीतिमा उथलपुथलका घटना भएका थिए । नेपाल पूर्वको एउटा सानो हिमाली मुलुक सिक्किम भारतमा विलय गराइएको थियो भने पाकिस्तानको पूर्व भाग फुटेर स्वतन्त्र बंगलादेशको निर्माण भएको थियो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर आफ्नै सहकर्मी नेताहरूलाई जेलमा कोचेर […]