राष्ट्रिय मेलमिलाप दिवसमा शेखरको सन्देश- बीपीको विचार आज पनि उत्तिकै सान्दर्भिक

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान विश्व राजनीतिक परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता अझ बढेको बताएका छन्। नेता बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले आजकै दिन ‘राष्ट्रिय मेलमिलाप’को सन्देश दिएर आठ वर्षको प्रवास त्यागी स्वदेश फर्किएको स्मरण गर्दै उनले बीपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। डा. कोइरालाले बीपीले त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबीच नेपालजस्तो सानो र संवेदनशील भू–राजनीतिक अवस्थामा रहेको देशको राष्ट्रियता...