बढ्दो मुद्रास्फीति र मुद्रा संकटविरुद्ध इरानमा हजारौं मानिस सडकमा

इरानमा बढ्दो मुद्रास्फीति र मुद्रा संकटको विरोधमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । यो प्रदर्शनलाई पछिल्ला तीन वर्षमा सबैभन्दा ठूलो भनिएको छ। यसैबीच, केन्द्रीय बैंकका प्रमुख मोहम्मद रेजा फरजिनले आफ्नो पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। समाचारअनुसार राजधानी तेहरानको सादी स्ट्रिट र ग्रान्ड बजार क्षेत्रमा व्यापारी र पसलेहरूले प्रदर्शन गरे। धेरै ठाउँमा पसलहरू बन्द रहे, जसले गर्दा व्यापार ठप्प भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार इस्फहान, शिराज र मशहद जस्ता प्रमुख शहरहरूमा पनि विरोध प्रदर्शनहरू भए। ...