काठमाण्डौ – नेकपा एमालेका नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ । नेता घिमिरेले सुशासन, विकास र रोजगारीका साथ देशलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा निष्ठाका साथ सधैँ काम गरिरहने बताउनुभएको छ । घिमिरे २०७९ सालको चुनावमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ तिलोत्तमा नगरपालिकाको पूर्वमेयर पन...