गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम

काठमाण्डौ – गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ । सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र आर्थिक समस्याका कारण गर्भवती तथा सुत्केरी अवस्थामा हुने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन् । यसको असर आमामात्र नभई बच्चा र समग्र परिवारमा पनि पर्न सक्ने भएकाले बेलैमा ख्याल गर्न विज्ञको सल्लाह छ । विज्ञका अनुसार गर्भावस्थामा एन्जाइटी र सुत्केरीपछि डिप्रेसनका समस्या धेरै देखिन्छन् ।...