रोनाल्डोले गोल गरे पनि जितबाट चुक्यो अल–नासर, टुंगियो विजय यात्रा

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल–नासर साउदी व्यवसायीक लिगको जारी सिजनमा पहिलोपटक जितबाट चुकेको छ । अल–नासर आफ्नो पछिल्लो खेलमा अल–इत्तिफाकसँग २–२ गोलको बराबरीमा रोकिएको हो । अल–नासरले आफ्नो अपराजित यात्रालाई भने कायमै राखेको छ । सन् २०२५ मा अल–नासर र अल–इत्तिफाक दुवैको यो अन्तिम खेल पनि हो । खेलमा शुरूआती अग्रता अल–इत्तिफाकले लिएको थियो । निर्धारित समयको १६औँ मिनेटमा अल–इत्तिफाकका लागि जर्जिनियो विज्नाल्डमले गोल गरेका थिए । सोही गोलका का...