इजरायलद्वारा गाजामा काम गरिरहेका ३७ भन्दा धेरै राहत संस्थामाथि प्रतिबन्ध

इजरायलले गाजामा काम गरिरहेका ३७ वटा भन्दा धेरै अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण नगर्ने निर्णय गरेको छ । नयाँ नियमअनुसार कर्मचारी, वित्तीय स्रोत र सञ्चालन विवरण नबुझाएका कारण ती संस्थामाथि प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ । इजरायलले केही राहतकर्मीलाई हमाससँग सहकार्य गरेको आरोप समेत लगाएको छ । तर यो आरोपमा केही संस्थाहरुले कडा रूपमा अस्वीकार गरेका छन् । नर्वेजियन रिफ्युजी काउन्सिल, इन्टरनेशनल रेस्क्यु कमिटी जस्ता प्रमुख संस्थाहरू पनि प्रतिबन्धको सूचीमा परेका खबरमा उल्लेख छ । राहत संस्थाहरूले इजरायलका नियमह...