जेनजी आन्दोलनमा हामी भाग्नुपर्ने अवस्था आयो, झण्डै झण्डै भाग्यौं : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हालैका राजनीतिक र सामाजिक घटनाक्रमप्रति कडा टिप्पणी गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नेपालको इतिहासमा ‘विध्वंश’को संज्ञा दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखिएको ‘जेन-जी’ आन्दोलनलाई विनाशकारी गतिविधिका रूपमा व्याख्या गरे । सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालमाथि पनि टिप्पणी गरे । आफ्नो विद्यार्थी राजनीति स्मरण गर्दै कार्कीले भने, '२०५० सालमा ल क्याम्पस पढ्न आउँदा हामीले...