विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक हुन्, सर डन ब्राडम्यान । आजभन्दा २४ वर्षअघि उनको निधन भइसकेको छ । सारा विश्व सन् २०२६ को स्वागतको तयारीमा रहँदा अस्ट्रेलियाका यी महान क्रिकेटरको नाम फेरि चर्चामा आएको छ । सक्रिय खेलजीवनमा उनले लगाएको क्याप (टोपी) अर्थात ‘ब्यागी ग्रन’ लिलामीमा राखिने भएको छ । यसलाई विश्व क्रिकेटको दूर्लभ धरोहर मानिन्छ । उक्त क्यापलाई जनवरीमै लिलामीमा राखिने समाचारमा जनाइएको छ । एक डलर मूल्यबाट शुरू गरिने लिलामी प्रक्रिया जनवरी २६ तारिखमा सकिने बताइएको छ । सर डन ब्राडम्यानल...