सरकारको मुख्य ध्येय निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री

१६ पुस, विराटनगर । अन्तिरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् । ‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना […]