तोकिएकै मितिमा धाँधलीरहित चुनाव गराउन सरकार दृढ छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेको बताएका छन् । कोशी प्रदेश स्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन सम्पन्नगरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारे । बैठकमा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचन र सुशासन एकअर्काका पूरक रहेको उल्लेख गरे । 'निर्वाचनबिना सुशासन कायम गर्न सकिँदैन,' उनले भने , 'शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएर धाँधलीरहित र निष्पक्ष वातावरणमा तोकिएकै मि...