नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल चार हजार ५९० मा कारोबार भएको थियो ।