सिन्धुपाल्चोकको मेलम्ची बाढीको साढे ४ वर्ष बित्यो : प्रभावितको समस्या यथावत

काठमाण्डौ – २०७८ साल असारको बाढीपछिको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका बाढी प्रभावितले पूर्ण राहत पाउन सकेका छैनन् । न त सुरक्षित रूपमा पुनःस्थापित हुन सकेको अवस्था छ । जनप्रतिनिधि र अध्ययनपछिको विवरणमा समस्या स्रोतको मात्र नभइ नीतिमा समेत रहेको छ । दुई वर्षअघि प्रकृति रिसोर्सेज सेन्टरले गरेको अध्ययनले मेलम्ची बाढीबाट ५० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको देखाएको छ । मेलम्ची नगरपालिकामा ४ सय ३६ मिलियन डलर अर्थात झन्डै ५८ अर्ब ८६ करोड रुपैयाँ, हेलम्बु...