कांग्रेसको उम्मेदवार सिफारिशमा उही ताल, अधिकांश क्षेत्रमा पुरानै नेता

मुलुकमा भएको पछिल्लो 'जेन–जी' आन्दोलनको माग राजनीतिक दलको पुरानो नेतृत्व र कार्यशैलीको परिवर्तन हो । सबैजसो पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस अघि बढिरहेका बेला नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको चुनावका लागि पुरानै अनुहारलाई उम्मेदवार बनाउने गरी जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । नयाँ पुस्ताले चुनावी नेतृत्व सम्हाल्ने अपेक्षा भए पनि कांग्रेसका क्षेत्रीय समितिबाट प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि सिफारिसमा परेका उम्मेदवारहरू तीन दशकदेखि चुनावी प्र...