बंगलादेश प्रिमियर लिगका खेलहरू ५ दिनका लागि स्थगित

बंगलादेश प्रिमियर लिग (बीपीएल) को जारी सिजनका खेलहरू पाँच दिनका लागि स्थगित गरिएको छ ।​ बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनका कारण बीपीएलका खेलहरू स्थगित गरिएको हो । पूर्वप्रधानमन्त्री जियाको मंगलबार बिहान ८० वर्षको उमेरमा ढाकामा निधन भएको थियो । पूर्वप्रधानमन्त्री जियाको निधनका कारण बीपीएलको मंगलबारका खेल पनि रद्द गरिएको थियो । अब जनवरी ४ तारिखदेखि बीपीएलका खेलहरू सुचारु हुने आयोजकले जनाएको छ । प्रभावशाली नेपाली लेग–स्पिनर सन्दीप लामिछानेले पनि बीपीएलको १२औं ...