गौशाला प्रहरीले अहिले एउटा अनौठो अपराधको अनुसन्धान गरिरहेको छ । गत मंसिर २० गते पक्राउ परेका एक युवकको धन्दाबारे विस्तृत रहस्य खोतल्न प्रहरी लागिपरेको हो । दोलखाको मेलुङ गाउँपालिका– १ पवटी घर भई हाल बूढानीलकण्ठ नगरपालिका– ६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीले काठमाडौंका होटलदेखि व्यक्तिका निजी घरसम्म युवती ‘सप्लाइ’ गर्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो धन्दामा कार्की मात्रै एक्लै नभएको निष्कर्ष निकाल्दै प्रहरीले अरू समूहको खोजी शुरू गरेको छ । कार्कीको मो...