राप्रपा र राप्रपा नेपालबीच फेरि एकता [फोटोफिचर]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच फेरि एकता भएको छ । यसअघि पनि यी दुई पार्टीबीच एकता भएको थियो । तर एकीकृत पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्यूँताएका थिए । उनले सोही वर्ष फागुन  ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए । बुधबार काठमाडौंमा राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापाको उपस्थितिमा पार्टी एकता घोषणासभा गरिएको हो । यसअघि उनीहरूले पुस ९ गते दुई पार्टीबीच...