टी–२० विश्वकपको ‘ट्रफी’ पुस २१ गते नेपाल आइपुग्ने

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ यही पुस २१ गते नेपाल आइपुग्ने भएको छ । ‘ट्रफी टुर’ अन्तर्गत नेपालमा जनवरी ५ देखि ७ अर्थात् पुस २१ गतेदेखि २३ गतेसम्म कार्यक्रम हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । कार्यक्रमको सम्पूर्ण विवरण, तालिका, ठाउँ र गतिविधिसम्बन्धी जानकारी छिटै दिने क्यानको भनाइ छ । टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो । भारत र श्रीलङ्कालाई जोड्ने ऐतिहासिक ए...