धनुषा – मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झन्डै एक महिनापछि ६ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । नेपाली कांग्रेसबाट शङ्कर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बन्नुभएको छ । यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा (माओवादी केन्द्र) बाट फकिरा ...