ठूला दल चुनावी तालमेलको तयारीमा लागे, राप्रपा एक्लै लड्छ– विक्रम पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले प्रमुख ठूला दलहरू चुनावी एकतामा लागे पनि राप्रपा एक्लै चुनावमा जाने बताएका छन् । राप्रपा र राप्रपा नेपालको एकता समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पाण्डेले चुनावमा राप्रपा एक्लै चुनावमा जाने बताएका हुन् । ‘ठूला पार्टी कार्यगत एकता गरेर चुनावमा जान लागेका छन्, तर हामी महाभारतको युद्धमा पाँच पाण्डवले ठूलो फौजसँग लडेर जित हासिल गरेको जस्तै एक्लै चुनावमा जानुपर्छ,’ पाण्डेले भने, ‘राजावादी र राष्ट्रवादी शक्तिलाई यो पार्टीमा ल्य...