राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सूचीमा केही त्रुटी रहेको भए त्यसलाई मिलाइने बताएका छन् । रास्वपाको तर्फबाट निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिक सूचीका सन्दर्भमा आलोचना भएपछि सभापति लामिछानेले त्यसलाई मिलाउने बताएका हुन् । बुधबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विभिन्न शक्तिसँग एकता गर्नुपरेकाले केही नमिलेको हुन सक्ने बताए । खासगरी कुलमान घिसिङसँग अन्तिम घडीमा एकता गर्दा सूची तलमाथि परेको भए मिलाउने उनले बताए । ‘पछिल्लो परिस्थितिमा जुन...