शीतका कारण दाउन्नेको सडकमा जाम

नवलपरासी – शीतका कारण दाउन्नेमा सडक चिप्लो हुँदा नारायणघाट–बुटवल सडक खण्ड प्रभावित भएको छ । गएको सोमवारदेखिको समस्याका कारण अहिले पनि कैयौं गाडी र यात्रुहरू बाटोमै फसेका छन् । शीतले पश्चिम नवलपरासीको दाउन्ने–खुर्सानी खोला क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे भएकाले गाडीहरू चिप्लिने र फस्ने समस्या आएको हो । राजमार्गमा लामो जाम भएकाले यात्रुहरूले सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको जाममा झन्डै एक हजार पाँच सय गाडी फसेका...