भारतको रक्षा मन्त्रालयले रक्षा खरिद परिषद् (डिफेन्स एक्विजिसन काउन्सिल– डीएसी) मार्फत स्थलसेना, नौसेना र वायुसेनाका लागि रडार, रेडियो, स्वचालित टेकअफ–ल्यान्डिङ रेकर्डिङ प्रणालीसहित विभिन्न उपकरण खरिद गर्न करिब ७९० अर्ब रुपैयाँ (८.७८ अर्ब अमेरिकी डलर) बराबरको प्रस्ताव स्वीकृत गरेको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सोमबार बसेको डीएसी बैठकले ती प्रस्तावलाई स्वीकृति दिएको हो । डीएसीले थलसेनाका आर्टिलरी रेजिमेन्टका लागि ‘लोइटर म्युनिसन’ प्रणाली खरिदलाई स्वीकृति दिएको छ । साथै, थलस...