राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच फेरि एकता भएको छ । यसअघि पनि यी दुई पार्टीबीच एकता भएको थियो । तर एकीकृत पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्यूँताएका थिए । उनले सोही वर्ष फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए । आज फेरि ६ बुँदे आधार पत्रमा हस्ताक्षर गर्दै उनीहरू एक ठाउँमा आएका छन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ एकीक...