नयाँ वर्षको अघिल्लो दिन आज राति सौराहाका सबै होटल भरिने अनुमान

चितवन – आज बेलुका चितवनको पर्यटकीय क्षेत्र सौराहाका धेरैजसो होटलका कोठाहरू भरिने सम्भावना रहेको होटल व्यवसायीहरूले बताएका छन् । इस्वी संवत् नयाँ वर्षको अघिल्लो दिन भइरहेको बुकिङले होटलका कोठाहरू भरिने सम्भावना रहेको क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालले बताउनुभयो । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिसमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । यी उत्सवहरूले ७० प्रतिशत कोठा भरिएकामा नयाँ वर्षको अघिल्लो रात नयाँ वर्षको स्वागतमा रमाइलो गर्नेहरूका कारण...