अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिन मेनिन्जाइटिसका कारण कोमामा

काठमाण्डाै – अस्ट्रेलियाका पूर्वक्रिकेटर डेमियन मार्टिनलाई मेनिन्जाइटिस भएको पत्ता लागेपछि कोमामा राखिएको छ । सन् १९९२ देखि २००६ सम्म ६७ टेस्ट क्रिकेट खेलेका ५४ वर्षीय मार्टिन यही डिसेम्बर २६ मा बिरामी परेका र क्वीन्सल्यान्डको एक अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार आउँदा दिनमा मार्टिन कोमाबाट बाहिर निस्कने अपेक्षा गरिएको छ । डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार वटा एशेज टेस्ट शृङ्खला खेलेका छन् । उनले सन् २००६ मा तेस्रो टेस्टअघि अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । ...