नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै देश निर्वाचनतर्फ गएको बताएका छन् । शान्तिपूर्ण र निष्पक्ष निर्वाचनमार्फत् नयाँ जनादेश प्राप्त गर्नु आजको आवश्यकता बनेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा प्रचण्डले सबै दल र जनतालाई निर्वाचनको मानसिकता बनेको दाबी गरेका हुन् । ‘देश अब अन्योलमा छैन भन्ने लागेको छ, सरकारलाई धन्यवाद भन्न चाहन्छु । धेरै खालका जटिलता झेल्दै निर्वाचनको द...