अखिल नेपाल फूटबल संघ (एन्फा) को कार्यसमिति बैठकले ‘अर्ली इलेक्सन’ मा जाने निर्णय गरेको छ । एन्फा कार्यसमितिको बुधबार बसेको बैठकले आगामी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फा बैठकमा केही सदस्यले भने पहिले जिल्ला र प्रदेश फुटबल संघको निर्वाचन गराएर मात्र केन्द्रको निर्वाचन गराउनु पर्ने धारणा राखेका थिए । तर, कार्यसमितिले बैठकले भने माघ २८ गते नै चुनावी साधारणसभा गर्ने निर्णय लियो । एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदै छ । पछिल्लो पटक एन्फाको निर्वाचन २०७९...