अनसनरत डाक्टर ​निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल भर्ना

विभिन्न माग राख्दै अनसनमा बसेका डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको छ । उनलाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको हो । उनलाई अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ । 'काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बस्नुभएका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहल...