काठमाण्डाै – शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८७ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले उकालो लागेको छ । आज एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन वीन नेपाल लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति सोमवार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय ४...