आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटका लागि अफगानिस्तानले आफ्नो टोलीको घोषणा गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी विश्वकपका लागि बुधबार रासिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टी-२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । आगामी टी-२० विश्वकपमा अफगानिस्तान समूह ‘डी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् । अफगानिस्तानको टोलीमा तीब्रगतिका बा...