निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन : अध्यक्ष ढकाल

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएकाे छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल नामक कार्यक्रममा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँका अनुसार समृद्धिका लागि निजी क्षेत्रलाई संरक्षण गर्ने विषय अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सक...