अस्ट्रेलियन चर्चित क्रिकेटर डेमियन मार्टिन कोमामा, विश्वभरबाट स्वास्थ्य लाभको कामना

अस्ट्रेलियाका चर्चित क्रिकेटर डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।​  मेनिनजाइटिस रोगबाट पीडित ५४ वर्षीय क्रिकेटर मार्टिनको हाल उपचार भइरहेको छ । उनी हाल कोमामा रहेका समाचारमा जनाइएको छ । ‘बक्सिङ डे’का दिन उनलाई क्विन्सल्यान्डस्थित अस्पतालमा भर्ना गरिएको थियो । अस्ट्रेलियाका पूर्वखेलाडी एडम गिलक्रिस्टले मार्टिनको उपचार भइरहेको जनाएका छन् । ‘मार्टिनको उपचारमा खटिएका चिकित्सकहरूले सक्दो प्रयास गरिरहेका छन् । हामी सबै ईश्वरसँग प्रार्थना गरिरहेका छौं । विश्वभरका समर्थकले पनि उनको...